vijay kumar yadav
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from vijay kumar yadav, Health/Beauty, Balkumari, Patan, Bagmati, Nepal, Lalitpur.
12/07/2026
जसपा नेपाल् हेडक्वाटर बालकुमारी !
आदरणीय उद्योगपति, वरिष्ठ समाजसेवी एवं प्रवल व्यक्तित्व श्री मनीष शारदा ज्यूका सुपुत्र अंकित र पुनम बीच २०८३ असार २२ गते सम्पन्न सुखद शुभ विवाहको यस पावन एवं ऐतिहासिक अवसरमा नवविवाहित जोडीलाई सुखद दाम्पत्य जीवन, आपसी प्रेम, समृद्धि र दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
यो शुभ विवाह केवल दुई परिवारको मिलन मात्र नभई, हाम्रो लहान नगरकै लागि एउटा उत्सव र गौरवको क्षण बनेको छ। शारदा परिवारमा थपिनुभएका नयाँ सदस्य (बुहारी) को आगमनसँगै लहान क्षेत्रले थप व्यावसायिक उचाइ लिने विश्वास लिएका छौं । यहाँको दूरदर्शी सोच र नेतृत्वले लहानमा हालसम्म उपलब्ध नभएका आधुनिक, सुविधासम्पन्न र नयाँ व्यवसायहरूको उदय गराउनुभएको छ, जसले समग्र लहान सिटीको मूल्यांकन र गरिमालाई अझ उच्च बनाउने निश्चित छ । यसले स्थानीय आर्थिक विकास र रोजगारी सिर्जनामा समेत कोशेढुगां साबित गर्नेछ ।
यो ऐतिहासिक र भव्य (राजा जस्तो) विवाह समारोहमा हामी जस्ता मध्यम वर्गीय नागरिकहरूलाई समेत आत्मीयताका साथ निमन्त्रणा गरी सरिक गराउनुभएकोमा आदरणीय मनीष शारदा ज्यू तथा सम्पूर्ण शारदा परिवारप्रति म विजय कुमार यादव एवं एल.आर.एल. संस्था परिवार सदैव आभारी र ऋणी रहनेछौं।
नवदम्पतीको आगामी जीवन सुख, शान्ति र प्रगतिका साथ अगाडि बढोस्, यही नै भगवानसँग प्रार्थना गर्दछौं। .
शुभचिन्तक
विजय कुमार यादव
तथा
सम्पूर्ण एल.आर.एल. परिवार
लहान, सिराहा
17/04/2026
आमाले यो पटक फेरि सिकाउनु भयो
परिस्थितिभन्दा ठूलो हाम्रो धैर्य र विश्वास हुन्छ।
जीवनका हरेक मोडमा मेरो गुरु रहनु भएकी आमालाई नमन।
सबै आमाहरूलाई मातृ दिवसको हार्दिक शुभकामना।🙏
28/02/2026
२०८२.११.१६
सप्तरी, क्षेत्र नं.-३, राजगढ गा.पा.वडा नं.-५, नरघाे टाेलमा जसपा नेपालका उम्मेदवार मा.श्री उपेन्द्र यादव ज्यूलाई छाता छापमा मतदान गरि भारी मतले जिताउन आयाेजित घरदैलाे कार्यक्रममा सहभागी भएकाे अवस्था............................
27/02/2026
सिरहा क्षेत्र नं.-४ थल्हा, बेल्हा लगायतका गाउँमा छाता छापमा मतदान गर्न आग्रह गर्ने क्रममा........☂️☂️☂️☂️☂️☂️☂️☂️☂️☂️
Category
Website
Address
Balkumari, Patan, Bagmati, Nepal
Lalitpur