RSP Election Campain 2082
राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पुर्ण निर्वाचन जानकारी थाहा पाउन पेजलाई Like & Follow गर्नुहोस !
27/06/2026
एउटा सौम्य व्यक्तिको विजय — विपिन कुमार आचार्य हेर्दा पनि र सुन्दा पनि जति मधुर लाग्छन्, उतै नै विशिष्ट विचार राख्दछन् । दङ्गमा जन्मिएका विपिनका बुवा-आमा नै सरकारी जागिरे थिए । यसैले उनले सानैदेखि राम्रो शिक्षा हासिल गर्ने अवसर मिल्यो । दश सम्म गाउमै पढेर उनि प्लस टुको लागि काठमाडौं आए ।
त्यसपछि भारत गएर उनले बायोटेकमा इन्जिनियरिङ्गसम्म पढे । नेपाल फर्किएपछी फेरी एमबिए गरे । उनको करियरको सुरुवात 'को बन्छ करोडपति' बाट भयो । सानै देखि 'कौन बनेगा करोडपति' बाट प्रभावित बनेका उनि नेपालमा यस्तो फ़्रेन्चाइज ल्याउन लागि परे । उनि व्याकस्टेजमा बसेर क्रियटिभ पार्टहरू हेर्ने गर्दथे ।
सोही क्रममा उनको भेट रवि लामिछानेसँग भयो । उनि क्रियटिभ पाटो बाटै ग्यालेक्सी टिभीमा जोडिए । र, जब रवि लामिछाने पार्टी खोलेर राजनीतिमा आए, विपिन पनि पार्टीको संस्थापक सदस्य बने । यसरी उनको राजनीतिक यात्रा सुरु भएको थियो ।
संसदमा संसदको रुपमा पनि अति भद्र तारिकाले प्रस्तुत हुने विपिन विवादभन्दा बाहिर रहेर बस्न रुचाउछन् । कुनै पनि विषयमा टिप्पणी गर्नुभन्दा पहिले त्यो विषयमा ज्ञान राख्ने प्रयास गर्छन । नमिठो बोलिहाल्दैनन् ।
हालै सम्पन्न महाधिवेशन मार्फत उनि राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री जस्तो पदमा निर्वाचित भएका छन् । उनलाई आउँदा दिनहरूको निम्ति धेरै धेरै शुभकामना छ ।
06/06/2026
प्रिय रास्वपा परिवारजन
नमस्कार, जय घण्टी।
रास्वपाको पहिलो महाधिवेशनको प्रक्रिया अन्तर्गत वडा र पालिका तहका अधिवेशनहरू सफलतापूर्वक सम्पन्न भइसकेका छन्। आज र भोलि अर्थात् (जेठ २३ र २४ गते) जिल्ला अधिवेशनहरू हुँदैछन्। अधिवेशन र महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया मात्र होइन, पार्टीको अनन्तकालीन जीवन, विधि-पद्धति, अभ्यास र स्वस्थ परम्परा निर्माण गर्ने ऐतिहासिक अवसर हो। यसले हाम्रो आगामी यात्रालाई स्पष्ट दिशानिर्देश गर्नेछ।
पार्टीको सर्वोपरि हितका लागि हरेक तहमा सक्षम, इमानदार र जनमैत्री नेतृत्व आवश्यक छ। सम्बाद सहमति र आन्तरिक निर्वाचनजस्ता लोकतान्त्रिक विधिहरू अपनाएर नेतृत्व चयन गरिनु नै हाम्रो संस्कार हो। यही प्रक्रियाबाट पार्टी अझ बलियो र परिपक्व बन्दै जान्छ।
हामीले रास्वपालाई उन्नत लोकतान्त्रिक पार्टी बनाउने लक्ष्य लिएका छौं। त्यसका लागि विचार मात्र होइन, हाम्रो शैली, व्यवहार र राजनीतिक संस्कार पनि उन्नत हुनुपर्छ। पुरानै सोच, शैली र प्रवृत्ति बोकेर हामी नयाँ र परिस्कृत जनमैत्री शक्ति बन्न सक्दैनौं।
स्थापनाकालमा सीमित दायरामा सहमतिका आधारमा बाँडिएका तदर्थ जिम्मेवारीलाई स्थायी मानक मानेर पदोन्नतिको अपेक्षा राख्ने वा ‘योगदान’को हिसाब-किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन। चार वर्षमै यस्तो प्रवृत्तिले जरा गाड्न खोज्नु चिन्ताको विषय हो, जसलाई हामीले समयमै सच्याउनुपर्छ।
पार्टी जिम्मेवारीमा रहेर भविष्यमा संसदीय अवसर प्राप्त गर्ने आशयले नेतृत्वका लागि मरिहत्ते गर्ने प्रवृत्ति पनि कहिलेकाहीँ देखिएको छ। यस्ता प्रवृत्तिलाई अधिवेशनकै लोकतान्त्रिक प्रक्रियाबाट न्यूनीकरण गर्नु आजको आवश्यकता हो।
आज हामी जहाँ छौं, त्यो केवल केही व्यक्तिको योगदानले होइन, सबैभन्दा माथि मतदाताको विवेक, त्यसपछि पार्टीका सम्पूर्ण सदस्यहरूको समर्पणले सम्भव भएको हो। पुराना साथीहरूले बनाएको जगमा नयाँ पुस्ताको ऊर्जा र सक्रियताले हाम्रो यात्रालाई यहाँसम्म ल्याएको हो।
अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो। त्यसका लागि पार्टीलाई अझ फराकिलो, समावेशी र सुदृढ बनाउनुपर्छ। तर, संगठन विस्तार हुँदा ‘म रहन्न कि’ भन्ने संकीर्ण चिन्तालाई त्याग्नुपर्छ। पार्टी ठूलो हुँदा हामी सबैको भूमिका अझ अर्थपूर्ण हुन्छ।
युगले दिएको अभिभारा पूरा गर्न, पछिल्लो जनमतलाई अझ विस्तार गर्न र राजनीतिलाई सुसंस्कृत, पारदर्शी तथा जनमैत्री बनाउन हामी सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्छ। अब ‘म’ बाट ‘हामी’मा रुपान्तरण हुने बेला आएको छ।
रास्वपाको पहिलो ऐतिहासिक महाधिवेशन प्रक्रिया सभ्य, भव्य, सुसंस्कृत र सन्देशमूलक बनोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु।
जय घण्टी।
06/06/2026
06/06/2026
06/06/2026
रास्वपा सभापति रवि लामिछाने भारतबाट फर्केपछि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा समाचार संकलनका पुगेका मिडियाकर्मी ।
05/06/2026
🇳🇵🇮🇳 “कूटनीतिको नयाँ अध्याय” — रबि लामिछानेको ५ दिने भारत भ्रमण 🇮🇳🇳🇵
२०७० मा टेलिभिजन स्टुडियोबाट “बुद्ध नेपालमा जन्मेका हुन्” भनेर विश्वलाई सुनाउने मान्छे, २०२६ मा नयाँ दिल्लीमा रातो कार्पेटमाथि उभिएर नेपाल-भारत सम्बन्धको नयाँ खाका कोर्दैछन्।
१ जुन देखि ५ जुन २०२६ सम्म राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछानेले गरेको भारत भ्रमण सामान्य भ्रमण थिएन। यो भ्रमणले धेरै कुराको संकेत गरेको छ।
कसको निम्तो, को को गए?
BJP अध्यक्ष नितिन नबिनको आधिकारिक निमन्त्रणामा लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल दिल्ली पुग्यो। टोलीमा RSP संयुक्त महासचिव विपिन कुमार आचार्य, सचिवालय सदस्य दीपक बोहरा, निकिता पौडेल र प्रदीप आचार्य थिए। प्रधानमन्त्री बालेन्द्र शाहको नयाँ सरकार बनेपछि RSP नेतृत्वको यो पहिलो ठूलो भारत भ्रमण हो।
दिल्लीमा के के भयो?
दिन १: BJP मुख्यालयमा भव्य स्वागत
सेतो गाडीबाट ओर्लिएर नमस्ते गर्दै भित्र पसेका लामिछानेलाई फूलमाला, ढाका टोपी र रातो कार्पेटले स्वागत गरियो। BJP अध्यक्ष नितिन नबिन आफैं स्वागतमा थिए। “Know BJP” सत्रमा पार्टीको संगठन संरचना र काम गर्ने तरिका बुझे।
दिन ३: मोदीसँग एक घण्टा
सबैभन्दा ठूलो आकर्षण रह्यो प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट। लामिछानेले फेसबुकमा लेखे, “प्रधानमन्त्री मोदीसँगको एक घण्टा लामो कुराकानी विकास कूटनीतिको साझा दृष्टिकोण अघि बढाउन केन्द्रित थियो।”
उनले ३ वटा प्राथमिकता खुलाए:
१. डिजिटल करिडोर
२. कनेक्टिभिटी
३. सांस्कृतिक सम्बन्ध
विदेशमन्त्री एस. जयशंकरसँग पनि आर्थिक सहयोग, क्षेत्रीय कनेक्टिभिटी र जनस्तरको सम्बन्धबारे छलफल भयो।
दिन ४: अयोध्या यात्रा
राजनीतिसँगै संस्कृति पनि जोडियो। लामिछाने अयोध्या पुगे। धार्मिक कूटनीति पनि सम्बन्धको एउटा पाटो हो भन्ने सन्देश गयो।
दिन ५: नेपालीसँग भेटघाट
नयाँ दिल्लीको International Nepali Forum ले RSP को निर्वाचन जितको सम्मानमा कार्यक्रम गर्यो। भारतमा बस्ने नेपाली दाजुभाइ दिदीबहिनीसँग प्रत्यक्ष संवाद भयो।
यो भ्रमण किन महत्वपूर्ण छ?
१. समय: प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय विदेश सचिवसँग भेट्न अस्वीकार गरेर संसदमा कालापानी-लिपुलेक मुद्दा उठाएपछि भारतले RSP मार्फत “साइड-डोर कूटनीति” गरेको विश्लेषण छ।
२. मान्यता: मोदीले दलका अध्यक्षलाई प्रत्यक्ष भेट्नु सामान्य कुरा होइन। यसले भारतले नेपालको नयाँ नेतृत्वलाई गम्भीरतापूर्वक लिएको देखाउँछ।
३. एजेन्डा: सिमा विवादको सट्टा डिजिटल, कनेक्टिभिटी र संस्कृतिमा फोकस गर्नुले सम्बन्धलाई “विकासमुखी” बनाउने संकेत दिन्छ।
सामाजिक सञ्जालमा के छ त?
प्रतिक्रिया मिश्रित छ। “Best wishes Rabi Dai”, “Good luck” भन्ने शुभकामना छन्। तर “लिपुलेक कहिले फिर्ता हुन्छ?”, “भारतको दलाल” भन्ने आलोचना पनि उत्तिकै छ। जनताले भाषण होइन, परिणाम खोजेका छन्।
मेरो बुझाइ
रबि लामिछाने पत्रकार हुँदा माइक समातेर प्रश्न गर्थे। आज उनी आफैं उत्तर दिने ठाउँमा छन्। गिनिज रेकर्डदेखि मोदीसँगको भेटसम्मको यात्रा प्रेरणादायी छ। तर कूटनीति फोटो खिचेर मात्र हुँदैन। लिपुलेक, EPG रिपोर्ट, व्यापार घाटा जस्ता मुद्दामा ठोस प्रगति भयो भने मात्र यो भ्रमण ऐतिहासिक बन्छ।
नत्र यो पनि “राम्रो स्वागत, मिठो खाना, फर्केर आयो” भन्ने सूचीमा थपिन्छ।
तपाईंलाई के लाग्छ? यो भ्रमणले नेपाल-भारत सम्बन्धमा साँच्चै केही फरक पार्छ? कमेन्टमा लेख्नुहोस्।
05/06/2026
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी
30/05/2026
**** _ सबैभन्दा पहिलो जस रविलाई — गणतन्त्र दिवसको दिन आज एउटा फोटो सार्वजनिक भएको थियो जहाँ बालेन अग्रपंक्तिमा बसेका थिए, उनि पछी डिपी र फोटोको अन्तिम कुनामा रवि लामिछाने थिए । यो फोटो हेर्दा जो कोहीको मन चस्स दुख्न सक्छ ।
आज रास्वपाको सरकार छ, सबै मन्त्रीहरू रास्वपाकै छन्, रास्वपाकै सांसदहरूले प्रतिनिधि सभाको हाल भरिभराउछ, सभामुख पनि रास्वपाकै छन्, आज मात्रै अर्थमन्त्रीले सबैभन्दा ठूलो आकारको बजेट सरवजिक गरे । एउटा पार्टीले केही वर्ष भित्र नै हासिल गरेको यो सबैभन्दा ठूलो सफलता हो । तर सफलताका यी सबै तस्वीरहरुमा रवि कतै छुटेका छन् त कतै उसैगरी कुनामा देखिएका छन् । मानौ कि रवि नेपथ्यमा कतै हराइरहेका छन् ।
तर यी सबै सफलताको जस कसैगरी रविलाई नै जान्छ । जसरी बुट्टा र रंगले घर चम्किलो देखिए पनि त्यो भित्रको कंक्रिट र इट्टाले घरलाई धानिरहेको हुन्छ, उस्तै गरी घानिरहेका छन् रविले । आज रविको रविले दिएको हातले बालेन प्रधानमन्त्री छन् । रविले दिएको उपल्लो स्थानमा टेकेर स्वर्णिमले आफ्नो विद्वता व्यवहारमा लागु गर्दैछन् । कोभीड ताका बढेको दोस्तीले आज डिपी अर्याल देशको सभामुखको कुर्सीमा छन् ।
चाहे ती तोसिमा कार्की हुन्, प्रतिभा रावल हुन् वा निशा डाँगी लुकेका प्रतिभालाई राजनीतिको मंचमा ल्याउने उनै रवि हुन् । आफ्नो सफलतामा रविले आफ्नै मिडियाका सहकर्मीलाई पछी छोडेनन् । योग्यता हुनेहरूलाई पार्टीमा ठाउ छैन भनेनन । सधै व्यक्ति होइन देश बन्नुपर्छ भनिरहे, यसैले आफू नेपथ्यमा बसेर स्टेजमा प्रतिभाशालीहरूलाई प्रस्तुत गरिरहे ।
यसैले यदि यो यो सरकारले साच्चि नै केही रामो गरिरहेको हुनेछ भने त्यसको जसमा सबैभन्दा पहिले रविको हक हुनेछ । यत्ति कुरा म स्वीकार गर्न सक्छु । *****
- Copied
22/05/2026
कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर फिर्ता गर्ने आदेश गरेको छ।
Click here to claim your Sponsored Listing.
Contact the business
Telephone
Website
Address
Kathmandu