Marga
Media/News
अमेरिकी एआई कम्पनी एन्थ्रोपिक (Anthropic) ले आफ्नो 'क्लाउड' (Claude) एआई मोडेलले छुट्टै (आइसोलेटेड) सुरक्षित परीक्षण वातावरणमा कमजोरी भेट्टाएपछि तीनवटा वास्तविक संस्थाहरूको प्रणालीमा छिरेर अतिक्रमण (ह्याक) गरेको जनाएको छ।
कम्पनीका अनुसार एउटा प्राविधिक (कन्फिगरेसन) त्रुटिका कारण एआईले अन्जानमै इन्टरनेटको पहुँच पाएको थियो, जसले गर्दा उसले नक्कली वा परीक्षणका लागि बनाइएका प्रणालीहरूको सट्टा वास्तविक संस्थाहरूका प्रणालीलाई लक्षित गर्ने अवसर पायो।
एन्थ्रोपिकले घटनाबाट प्रभावित संस्थाहरूलाई जानकारी गराउँदै उक्त समस्या समाधान गरिसकेको छ। साथै, तीव्र रूपमा आफैँ निर्णय लिन सक्ने (स्वायत्त) एआई प्रणालीहरूको सुरक्षा जोखिमलाई लिएर चिन्ता बढ्दै गएकाले कम्पनीले अन्य एआई कम्पनीहरूलाई पनि आफ्ना प्रणालीहरूको तत्काल सुरक्षा समीक्षा गर्न आग्रह गरेको छ।
अमेरिकाको विदेश मन्त्रालयले आफ्नो स्थायी 'भिसा बन्ड' कार्यक्रममा नेपालसहित ५० वटा देशहरूलाई समावेश गरेको छ। अगस्ट ३ देखि लागू हुने यस नयाँ व्यवस्थाअनुसार B1 (व्यापारिक) र B2 (पर्यटक) भिसाका लागि आवेदन दिने व्यक्तिहरूसँग अमेरिकी कन्सुलर अधिकारीहरूले भिसा जारी गर्नुअघि २०,००० अमेरिकी डलर (करिब २७ लाख नेपाली रुपैयाँभन्दा बढी) सम्म धरौटी (बन्ड) माग गर्न सक्नेछन्।
अमेरिकी सरकारले भिसाको अवधि सकिएपछि पनि गैरकानुनी रूपमा बसोबास गर्ने (भिसा ओभरस्टे) प्रवृत्तिलाई न्यूनीकरण गर्ने उद्देश्यले यो कदम चालिएको बताएको छ। यद्यपि, आलोचकहरूले भने यति ठूलो रकम धरौटी राख्नुपर्ने प्रावधानले वैधानिक रूपमा अमेरिका यात्रा गर्न चाहने सर्वसाधारण नागरिकहरूका लागि यात्रालाई थप कठिन र चुनौतीपूर्ण बनाउने तर्क गरेका छन्।
काठमाडौँस्थित नयाँ संघीय संसद् भवन निर्माण सम्पन्न गर्ने म्याद सातौं पटक थप्ने तयारी गरिएको छ। छैटौं पटक थपिएको म्याद गत जेठ महिनामै सकिएपछि निर्माण व्यवसायीको निवेदनका आधारमा शहरी विकास तथा भवन निर्माण विभागले थप ६ महिना म्याद बढाउने प्रस्ताव अगाडि बढाएको हो।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले १ असोज २०७६ मा शिलान्यास गरी १६ असोज २०७६ मा ६ अर्ब ९२ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको यो भवनको सुरुवाती लक्ष्य २०७९ को चुनावपछिको नयाँ प्रतिनिधिसभा बैठक बसाल्ने गरी १६ असोज २०७९ भित्र निर्माण सम्पन्न गर्ने थियो।
तर, तोकिएको समयमा काम पूरा नभएपछि पहिलो पटक ३० चैत २०७९, दोस्रो पटक १९ चैत २०८०, तेस्रो पटक १९ चैत २०८०, चौथो पटक १८ चैत २०८१, पाँचौं पटक २०८२ पुस १६ र छैटौं पटक ९० दिन (जेठसम्म) गरी पटक-पटक म्याद थप्दै आइएको छ। शहरी विकास तथा भवन निर्माण विभागका अनुसार संसद् भवनको भौतिक प्रगति ९५ प्रतिशत पुगे पनि काम पूर्ण रूपमा नसकिँदा म्याद थप्ने परिपाटीले निरन्तरता पाएको छ।
पश्चिम एसियामा जारी द्वन्द्वका क्रममा ज्यान गुमाएका तेह्रथुमका ४४ वर्षीय नेपाली वैदेशिक श्रमिक सोमकुमार तामाङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइपुर्याइएको छ। तामाङको अन्तिम संस्कारका लागि परिवारले तयारी गरिरहेका छन्।
सन् २०२२ देखि कुवेतमा चालकका रूपमा कार्यरत तामाङको उत्तरी कुवेतस्थित एक चिनियाँ कम्पनीको भवनमा क्षेप्यास्त्र (मिसाइल) प्रहार हुँदा दुःखद निधन भएको थियो। जारी पश्चिम एसिया द्वन्द्वका कारण ज्यान गुमाउने उनी दोस्रो नेपाली श्रमिक हुन्। कुवेतस्थित नेपाली दूतावासको सहयोग र समन्वयमा उनको शव स्वदेश ल्याएर परिवारको जिम्मा लगाइएको हो।
कङ्गो प्रजातान्त्रिक गणतन्त्र (डीआरसी) मा फैलिएको इबोलाको पछिल्लो प्रकोपले भयावह रूप लिँदै ३,५०० भन्दा बढी मानिसलाई सङ्क्रमित बनाएको छ भने १,५५६ जनाको ज्यान लिइसकेको छ। सन् २०१४-२०१६ को पश्चिम अफ्रिकी महामारीपछिको यो विश्वकै दोस्रो ठूलो इबोला प्रकोप हो।
इबोलाको दुर्लभ बुन्दिबुग्यो प्रजातिका कारण फैलिएको यस महामारीका लागि हालसम्म कुनै स्वीकृत खोप वा आधिकारिक उपचार उपलब्ध छैन। सशस्त्र द्वन्द्व, स्वास्थ्य संस्थाहरूमाथिका आक्रमण, अन्तर्राष्ट्रिय सहायतामा भएको कटौती र जनस्वास्थ्यप्रतिको अविश्वासका कारण स्वास्थ्यकर्मीहरूलाई सङ्क्रमण नियन्त्रण गर्न निकै कठिनाइ भइरहेको छ।
विश्व स्वास्थ्य सङ्गठन (WHO) ले सङ्क्रमितहरूको वास्तविक सङ्ख्या सरकारी तथ्याङ्कभन्दा चार गुणासम्म बढी हुन सक्ने चेतावनी दिएको छ भने अफ्रिका सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (Africa CDC) ले यो प्रकोप नियन्त्रणमा ल्याउन कम्तीमा १.४ अर्ब अमेरिकी डलर आवश्यक पर्ने बताएको छ।
पाकिस्तानको ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका विश्वप्रसिद्ध आरोही निर्मल पुर्जाको सम्मानमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सोमबार अत्यावश्यक बाहेकका सबै कार्यालय तथा विद्यालयमा शोक बिदा दिने घोषणा गरेको छ।
पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा परी विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा सहित अन्य आरोहीहरूको दुःखद निधन भएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सोमबार शोक बिदा दिने घोषणा गरेको छ।
म्याग्दीको दाना-२ मा जन्मिनुभएका पुर्जाले नेपालको पर्वतारोहण क्षेत्रमा पुर्याउनुभएको अतुलनीय योगदान र अन्तर्राष्ट्रिय मञ्चमा नेपाली आरोहीहरूको पहिचान उच्च बनाउन खेलेको भूमिकाको सम्मान गर्दै गाउँपालिकाले उक्त निर्णय गरेको हो। शोक बिदाका दिन गाउँपालिका अन्तर्गतका सम्पूर्ण कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था तथा सामुदायिक विद्यालयहरू बन्द रहनेछन्।
अघिल्लो साता मात्र गसेरब्रम २ को सफल आरोहण गरी ८ हजार मिटरभन्दा अग्ला हिमालमा ५७ औँ पटक पाइला टेकिसकेका विश्वप्रसिद्ध कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रोड पिकमा गएको हिमपहिरोमा परी दुःखद निधन भएको छ। उनी आफैं संस्थापक रहेको संस्था इलाइट एक्सपेडका अनुसार गत बिहीबार (१४ साउन) मध्याह्नतिर गएको हिमपहिरोमा पुर्जासहित ६ नेपाली र ४ विदेशी गरी १० जना बेपत्ता भएका थिए। ब्रोड पिक आरोहणमा जानुअघि सामाजिक सञ्जालमा "ब्रोड पिक– म तिमीसँग केवल एउटा कुरा माग्छु, मलाई सुरक्षित रूपमा माथि पुग्न र फेरि सुरक्षित रूपमा फर्किन देऊ" भन्दै उनले गरेको अन्तिम प्रार्थना भने अधुरै रहन पुग्यो। म्याग्दीमा जन्मिएर चितवनमा हुर्किएका पुर्जा सन् २००३ मा बेलायती सेनामा भर्ती भई गोरखा र 'स्पेसल बोट सर्भिस' मा १६ वर्ष बिताएका पूर्वसैनिक हुन्।
सन् २०१२ मा सगरमाथा आधार शिविरको यात्राबाट पर्वतारोहणमा लोभिएका उनले सन् २०१९ मा बेलायती सेनाको जागिर छाडेर 'प्रोजेक्ट पसिबल' मार्फत विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल मात्र ६ महिना ६ दिनमा चुमेर अभूतपूर्व विश्व कीर्तिमान कायम गरेका थिए। सन् २०२१ मा हिउँदको समयमा पहिलो पटक माउन्ट केटुको सफल आरोहण गर्ने १० नेपाली टोलीको नेतृत्व गरेका पुर्जा बेलायती महारानी एलिजाबेथ द्वितीयबाट 'एमबीई' (MBE) सम्मानबाट समेत विभूषित भएका थिए। यसपटक चोयुबाहेक १४ वटै हिमाल बिना अक्सिजन दोहोर्याएर आरोहण गर्ने नयाँ इतिहासको नजिक पुगेका साहसी निम्स दाइको यो दु:खद र अकल्पनीय निधनले विश्व पर्वतारोहण क्षेत्रमा कहिल्यै पुरिन नसक्ने अपूरणीय क्षति पुर्याएको छ।
सुर्खेतमा आफूलाई "पाथीभरा माता" भन्दै झारफुकको बहानामा एक महिलामाथि अमानवीय व्यवहार गर्ने २४ वर्षीय समिर थापालाई प्रहरीले पक्राउ गरेको छ।
तराईका जिल्लाहरूमा अशान्ति फैलिरहेका बेला सामाजिक सञ्जालमार्फत साम्प्रदायिकता र हिंसा भड्काउने आठ जनालाई प्रहरीले पक्राउ गरेको छ।
स्मार्ट सेल घोटाला प्रकरणमा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन्।
Click here to claim your Sponsored Listing.
Contact the business
Telephone
Website
Address
Budhanilkantha
Kathmandu