Fika

Fika

Share

Movie, music video , genuine review, real talk

24/06/2026

Photos from Fika's post 18/06/2026

भोलि असार ५ गते दिनको ठीक २ बजे चलचित्र"हली" को टिजर OSR digital तपाईंहरूको माझ प्रशारण हुने छ।हेरेर साथ दिनुहोला।❤️🙏सिनेमा साउन 22 गते प्रदर्शनमा आउने छ।

#श्रावण२२

Photos from Fika's post 17/06/2026

२५ वर्षको अविस्मरणीय यात्रा पूरा! 🎬
दर्शकहरूको अपार माया र साथले गदर ले २५ वर्षको गौरवशाली यात्रा पूरा गरेको छ।
यस ऐतिहासिक सफलताको भव्य उत्सव धमाकेदार रूपमा सुरु भएको छ! ❤️

17/06/2026

🇳🇵 फुटबल विश्वकपले हरेक देशलाई आफ्नो राष्ट्रियतासँग जोडिरहेको यो माहोलमा, हाम्रो सांगीतिक प्रयास
कर्तव्य (मेरो पनि हैनर यो देश २)छिट्टै आउँदैछ।

अन्ततः नाम जुरियो — कर्तव्य! 🙏😍
रिलिज मिति पनि छिट्टै सार्वजनिक गर्नेछौँ।

🇳🇵🎶

17/06/2026

🎵 नेपाली समुदायका लागि खुसीको खबर!🇳🇵

छिट्टै आउँदैछ नयाँ नेपाली गीत!
स्वर र संगीतको नयाँ यात्रासँग जोडिनुहोस्।
तपाईंहरूको माया, साथ र समर्थनको अपेक्षा गर्दै।
🎤 नबिन NBN
🎤 सोहाज खान



संगीतले जोड्छ मन, संस्कृतिले जोड्छ समुदाय। नयाँ गीतसँगै छिट्टै भेटौँला!

#नेपाली_गीत #छिट्टै_आउँदैछ #नेपाली_संगीत #नेपाली_समुदाय

15/06/2026

अमेरिकामा नेपाली संगीत जगतलाई स्तब्ध बनाउने घटना : गायक तथा संगीतकार आशिष अविरलमाथि निर्घात कुटपिट, नाक र आँखामुनिको हड्डी भाँचियो

नेपाली संगीतका चर्चित स्वर र सिर्जनाका धनी आशिष अविरल अमेरिकाको बाल्टिमोरमा कुटपिटको शिकार भएका छन्।
कामको सिलसिलामा उत्पन्न भएको विवादपछि स्थानीय एक युवक र एक युवतीले उनीमाथि निर्घात आक्रमण गरेको बताइएको छ।
घटनामा अविरलको नाक र आँखामुनिको हड्डी भाँचिएको छ भने आँखामा समेत गम्भीर चोट लागेको जनाइएको छ।
उनलाई तत्काल बाल्टिमोरस्थित ट्रमा सेन्टरमा भर्ना गरिएको थियो। चिकित्सकका अनुसार उनको नाकको शल्यक्रिया गरिएको छ।
नेपाली श्रोताको मन जितेका छुनुमुनु', 'पराना', 'जिन्दगी नै भन्दिनँ', 'काले केटाले',coca-colale जस्ता चर्चित गीतका सर्जकमाथि भएको यो घटनाले नेपालदेखि विदेशमा रहेका नेपाली समुदायलाई स्तब्ध बनाएको छ।

भावुक प्रश्न उठेको छ— जसले जीवनभर संगीतमार्फत अरूको अनुहारमा मुस्कान छरे, आज उनै कलाकार पीडाको शय्यामा छन्।
आखिर कलाकारको सुरक्षाको जिम्मा कसले लिने?

परिवारका अनुसार उनी अस्पतालबाट डिस्चार्ज भइसकेका छन्, तर पूर्ण रूपमा स्वास्थ्य लाभ गर्न अझै समय लाग्नेछ। अहिले उनका शुभेच्छुक, प्रशंसक र नेपाली संगीतप्रेमीहरूले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन्।

मञ्चमा उभिएर हजारौंलाई खुसी दिने कलाकार आज आफैं पीडासँग लडिरहेका छन्। उनको शीघ्र स्वास्थ्यलाभको कामना गरौं।

15/06/2026

नेपाली चलचित्रका लोकप्रिय अभिनेता पल शाह र आकर्षक मोडल अश्मिता जुरेली एउटै भिडियोमा एकसाथ देखिएका छन्। उनीहरूको मनमोहक उपस्थितिले दर्शकमाझ विशेष उत्साह र कौतुहलता थपेको छ।

15/06/2026
15/06/2026

महेश भट्ट प्रस्तुत नयाँ एक्शन–थ्रिलर फिल्म ‘नाम – टु लिभ इज वार’ घोषणा

प्रख्यात चलचित्रकर्मी महेश भट्टप्रस्तुतकर्ताको रूपमा जोडिएको नयाँ एक्शन–थ्रिलर फिल्म ‘नाम – टु लिभ इज वार’मा अभिनेता वीर पहारिया र वरुण शर्मा मुख्य भूमिकामा देखिने भएका छन्।

यस चलचित्रको कथा तथा पटकथा सिद्धान्त सचदेव, सुहृता दास र श्वेता बोथराले महेश भट्टको सिर्जनात्मक मार्गदर्शनमा तयार पारेका हुन्।
चलचित्रको निर्देशन पनि सिद्धान्त सचदेव ले गर्नेछन् भने मुख्य अभिनेत्रीको छनोट भने अझै गरिएको छैन।

यो चलचित्र उत्सव इन्टरटेनमेन्ट एन्ड प्रोडक्सन्सको ब्यानरमा ऋद्धि चावडा र उत्सव उपाध्यायले निर्माण गर्नेछन्।
साथै, अल्फानिओन स्टुडियोज का मेघना हिरावत उपाध्याय र कविता अग्रवालले पनि यस परियोजनालाई साथ दिएका छन्।


एक्शन र रोमाञ्चले भरिपूर्ण यस चलचित्रले दर्शकमाझ कस्तो छाप छोड्नेछ भन्ने प्रतीक्षा अहिलेबाटै सुरु भएको छ।

Want your business to be the top-listed Beauty Salon in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Kathmandu