healthy habits
l am a health servicer and health knowledge provider. Stay connected for more health knowledge and Tips.
23/09/2026
केरवानी स्वास्थ्य चौकी देवदह २,रुपन्देही को भाद्र महिनाको मासिक बुलेटिन सार्वजनिक भएको छ, मासिक रुपमा सस्थाले नियमित उपलब्ध गराउने भन्दा पनि विभिन्न थप उत्कृष्ट जनस्वास्थ्य कार्यक्रमहरु गरेको देखियो| यस सस्थाको उत्कृष्ट कार्य झै अन्य सस्थाहरुले पनि यस्तै कार्य गर्नको लागि प्रोत्साहित हुन जरुरी छ, सबैले सेयर गर्नुहोला।
22/09/2026
21/09/2026
कतै तपाईंले यी कुराको बेवास्ता त गर्नुभाको त छैन?
येस्ले ठुलो दुर्घटना निम्ताउन सक्छ है!
सबै भन्दा महङगो उपचार नै मिर्गौलाको उपचार हो!
JE खोप अभियान
लामखुट्टेको टोकाईबाट हुने जापानिज इन्सेफलाइटिस रोग विरुद्ध विशेष खोप अभियान सञ्चालन हुँदै
झापा जिल्लाका सबै स्थानीय तह र कैलालीका तीन स्थानीय तहमा ३० वर्ष वा सोभन्दा माथिका व्यक्ति तथा स्वास्थ्यकर्मीलाई JE खोप लगाइँदै
काठमाडौं, ३० भदौ २०८३
नेपालमा जापानिज इन्सेफलाइटिस (JE) को संक्रमण तथा मृत्यु बढ्दै गएपछि नेपाल सरकारले नौ जिल्लामा विशेष JE खोप अभियान सञ्चालन गर्दैछ। पहिलो चरण अन्तर्गत JE को जोखिम बढी रहेका झापा जिल्लाका सबै स्थानीय तह र कैलालीका ३ स्थानीय तह – धनगढी उपमहानगरपालिका, लम्किचुहा नगरपालिका र घोडाघोडी नगरपालिकामा ३० वर्ष वा सोभन्दा माथिका व्यक्ति तथा स्वास्थ्यकर्मीका लागि विशेष JE खोप अभियान सञ्चालन हुँदैछ।
कैलालीमा असोज १ गतेदेखि र झापामा असोज ५ गतेदेखि अभियान सञ्चालन गरिनेछ। अभियानअन्तर्गत लक्षित समूहमा पर्ने सबैलाई तोकिएका खोप केन्द्र वा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरी JE विरुद्धको खोप लगाउन अनुरोध छ।
नेपालमा JE को पछिल्लो अवस्था
आ.व. २०८३/८४ मा हालसम्म १२१ जनामा जापानिज इन्सेफलाइटिस पुष्टि भएको छ। यी केसहरू देशका ३६ जिल्लाका ८४ स्थानीय तहमा देखिएका छन्। पुष्टि भएका केसहरूमध्ये ८५ प्रतिशतले JE विरुद्धको खोप नलगाएको पाइएको छ। हालसम्म JE का कारण २६ जनाको मृत्यु भएको छ। मृत्यु भएका सबै व्यक्तिले JE विरुद्धको खोप नलिएको पाइएको छ । JE का कारण भएको मृत्युमध्ये ७७ प्रतिशत ५० वर्षभन्दा माथिका व्यक्ति छन् ।
जापानिज इन्सेफलाइटिस कसरी फैलिन्छ?
जापानिज इन्सेफलाइटिस मुख्यतः संक्रमित क्युलेक्स जातको लामखुट्टेको टोकाइबाट सर्छ। धानखेत, पानी जम्ने स्थान तथा सुँगुर र हाँस पालिने क्षेत्रहरूमा यसको जोखिम बढी हुन सक्छ।
JE गम्भीर रोग हो। संक्रमण भएका केही व्यक्तिमा मस्तिष्कमा गम्भीर असर पर्न सक्छ र मृत्यु वा दीर्घकालीन स्नायुसम्बन्धी समस्या हुन सक्छ।
कसरी सुरक्षित हुने?
JE बाट सुरक्षित रहन खोप लगाउनुका साथै लामखुट्टेको टोकाइबाट बच्नु महत्वपूर्ण हुन्छ।
• झुलभित्र सुत्ने।
• हातखुट्टा ढाकिने कपडा लगाउने।
• घरका झ्याल तथा ढोकामा जाली राख्ने।
• लामखुट्टेको टोकाइबाट बच्न उपयुक्त रिपेलेन्ट प्रयोग गर्ने।
• घरवरिपरि पानी जम्ने स्थान हटाउने।
नियमित खोपमार्फत पनि JE बाट सुरक्षा
नेपालको नियमित खोप कार्यक्रममा १२ महिनाको उमेरमा JE खोपको एक मात्रा दिइन्छ ।
16/09/2026
07/09/2026
ल है सबै स्वास्थ्यकर्मि साथीहरू JE खोप अभियान संचालनको लागि तयार रहनुहोस।
06/09/2026
💙 गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा HPV खोप दिईंदैछ !
नियमित खोप कार्यक्रमअन्तर्गत पाठेघरको मुखको क्यान्सरविरुद्धको HPV खोप पहिलो चरणमा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा असोज महिनाको अन्त्यसम्म सञ्चालन हुँदैछ।
यस कार्यक्रममा:
👧 कक्षा ६ मा अध्ययनरत छात्रा
👧 विभिन्न कारणले विद्यालय बाहिर रहेका १० वर्षका किशोरी
लाई HPV खोप दिइँदैछ।
📅 खोप लगाउने मिति र समय विद्यालयअनुसार फरक हुन सक्छ।
त्यसैले विद्यालयमा अध्ययनरत छात्राले आफ्नो विद्यालयबाट प्राप्त हुने सूचना तथा जानकारीमा ध्यान दिऔं। बाँकी प्रदेशहरूमा दोस्रो चरणमा दिईनेछ ।
🏫 विद्यालय बाहिर रहेका १० वर्षका किशोरीले आफ्नो नजिकको विद्यालय वा स्वास्थ्यकर्मीसँग सम्पर्क गरी खोप लगाउने मिति र समयबारे जानकारी लिऔं।
💉 खोप लगाउने अवसर नछुटाऔं।
💙 HPV खोपले पाठेघरको मुखको क्यान्सरबाट बचाउन मद्दत गर्छ।
खोप लगाऔँ, पाठेघरको मुखको क्यान्सरबाट सुरक्षित बनौँ।
भजन लाईभ
भजन
Category
Address
Lumbini Province
Kapilvastu
32800
Alerts
Be the first to know and let us send you an email when healthy habits posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.