Vikram singh kaji

Vikram singh kaji

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Vikram singh kaji, Beauty, cosmetic & personal care, Dhangadhi.

07/02/2026

Fewa Taal Pokhara

28/12/2025

आज म कुनै पार्टीको समर्थन वा विरोधमा होइन,
एक सचेत नागरिकको रूपमा केही गम्भीर प्रश्नहरू राख्न चाहन्छु।
मेयरजस्तो जिम्मेवार पदमा बसेको व्यक्तिले
“सिंहदरबार जलाउँछु” जस्ता शब्द प्रयोग गरेर भिड उस्काउने,
तर जब देश जलिरहेको छ, सिंहदरबारलगायत स्थानहरूमा आगजनी भइरहेको छ,
त्यतिबेला
👉 “नजलाऊ, हिंसा नगर” भनेर स्पष्ट सन्देश नदिनु
👉 भिडलाई शान्त रहन कमाण्ड नगर्नु
👉 काठमाडौँ महानगरपालिकाभित्र उपलब्ध दमकल, जनशक्ति र स्रोत–साधन प्रयोगमा नल्याउनु
👉 चुपचाप बसिरहनु
यी सबै कुरा सामान्य गल्ती होइनन्,
यी प्रश्न उठ्नै पर्ने विषय हुन्।
त्यत्रो क्षति, आगजनी र अव्यवस्थाको बीच
महानगरपालिकाभित्र भएका स्रोतहरू प्रयोग नगर्नु
र मौन बस्नु
अलि रहस्यमै छ।
यो मेरो व्यक्तिगत रिस होइन,
यो मेरो व्यक्तिगत आक्रमण पनि होइन।
यो देशको भविष्यसँग जोडिएको प्रश्न हो।
अझ ठूलो प्रश्न त के हो भने—
👉 आज यस्तै गम्भीर प्रश्नहरू उठिरहेको व्यक्तिलाई
👉 देशको प्रधानमन्त्री बनाउने विषयमा किन सम्झौता हुँदैछ ?
👉 कुन मूल्यमा ?
👉 कुन जिम्मेवारीको सुनिश्चिततासहित ?
नेता भनेको
संकटमा भिडलाई रोक्ने हो,
आगो निभाउने हो,
राज्य संयन्त्र चलाउने हो—
आगो देखाएर ताली पाउने होइन।
आज हामी ३ करोड जनता
न त अन्ध समर्थन गर्न मिल्ने अवस्थामा छौँ
न त अन्ध विरोधमा बहकिने अवस्थामा।
यो अन्तिम घडी हो—
जहाँ
👉 प्रश्न नगर्ने नागरिक
👉 भोलि पछुताउने नागरिक बन्छ।
म चाहन्छु—
स्पष्ट जवाफ।
जवाफदेहिता।
हिंसामुक्त राजनीति।
देश मसीहाले होइन,
जवाफदेही नेतृत्वले बच्ने हो।
#एक चिन्तित नेपाली नागरिक 🇳🇵

Telephone

Address


Dhangadhi

Alerts

Be the first to know and let us send you an email when Vikram singh kaji posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Dhangadhi.