Dr.Thaman Magar

Dr.Thaman Magar

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dr.Thaman Magar, Health/Beauty, Milanchowk, Butwal.

स्वतन्त्रता, समानता, भातृत्व र न्यायमा आधारित लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीय सरकार साथै पूर्ण लोकतान्त्रिक समाजवाद, मूलवासीको अधिकार र अस्तित्व, मानव अधिकार, सुशासन, दिगो शान्ति र दिगो विकास सहितको नयाँ नेपाल निर्माणमा समर्पित !

Photos from National Republic Nepal-NRN Voice's post 09/09/2026
Photos from Dr.Thaman Magar's post 26/08/2026

आज रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक भीषण बाढीले स्याफ्रुबेँसी, टिमुरे तथा आसपासका बस्ती, बजार र भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको खबरले अत्यन्त दुःखी बनाएको छ।यस दुःखद घडीमा प्रभावित परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै बेपत्ता तथा जोखिममा रहेका नागरिकको शीघ्र उद्धार र घाइतेहरूको तत्काल उपचारको काम प्रभावकारी रूपमा अघि बढोस् |
सम्बन्धित सबै निकायलाई उद्धार, राहत र पुनर्स्थापनामा तीव्रता दिन तथा तल्लो तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन हार्दिक अनुरोध गर्दछु।

Photos from Dr.Thaman Magar's post 16/08/2026

रोल्पामा पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली!

रोल्पाको सेरम, उवा र गामको गिच्छे र फलबाङका क्षेत्रमा पहिरोका कारण मानिसहरू पुरिएर ज्यान गुमाउनुपरेको अत्यन्त दुःखद र हृदयविदारक खबरले हामी सबैलाई स्तब्ध बनाएको छ।
यस दुःखद घटनामा अमूल्य जीवन गुमाउनुहुने सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। शोकसन्तप्त परिवारजन तथा आफन्तहरूमा यस अपूरणीय क्षतिलाई सहन सक्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछु। साथै, पहिरोका कारण प्रभावित तथा जोखिममा रहेका नागरिकहरूको तत्काल उद्धार, राहत तथा सुरक्षित स्थानान्तरणका लागि सम्बन्धित निकायहरूलाई प्रभावकारी रूपमा परिचालन गर्न हार्दिक आग्रह गर्दछु। विपद्को यस कठिन घडीमा पीडित परिवार तथा रोल्पावासीको दुःखमा हामी सबै एकजुट भएर साथ दिन आवश्यक छ।
दिवंगत आत्माहरूप्रति हार्दिक श्रद्धाञ्जली!
शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना!
घाइते तथा प्रभावित सबैको शीघ्र उद्धार र सुरक्षित भविष्यको कामना!

Category

Website

Address


Milanchowk
Butwal
32907