Dxn diwakar chauhan
good morning dxn ��
05/10/2021
Good morning dxn
31/01/2021
Happy good morning dxn all of you..🙏🙏🍄🍄बाँझोपन के हो ? के कारणले हुन्छ ? समाधान कसरी गर्ने ?
कुनै पनि दम्पतीको विवाह भएको एक वर्षसम्म परिवार नियोजनका कुनै पनि साधन प्रयोग नगरी सहवास गर्दा गर्भ बसेन वा भएन भने त्यसलाई बाँझोपन भनिन्छ । यसलाई अंग्रजीमा इनफर्टिलिटी भनिए पनि हिजोआज सबफर्टिलिटी शब्द प्रयोग हुन थालेको छ । उपचारपछि गर्भ रहेन भने त्यसलाई इनफर्टिलिटी र उपचार सम्भव भएको अवस्थालाई सबफर्टिलिटी भनिन्छ ।
महिला वा पुरुष कुनमा बढी बाँझोपन देखिने गरेको छ ?
हाम्रो समाज पुरुषप्रधान भएकाले बाँझोपन भए दोष महिलालाई मात्र दिइन्छ । यसमा महिला-पुरुष दुवै बराबर जिम्मेवार हुन्छ।
बाँझोपन हुने कारण के-के हुन् ?
बाँझोपनका धेरै कारण छन् । महिलामा महिनावारी गडबड अर्थात् अनियमित नहुँदा समयमा अण्डा बन्दैन, जसले गर्दा बाँझोपन हुने सम्भावना रहन्छ । यसैगरी पाठेघरमा ट्युमर पलाउने, पाठेघरको नली बन्द हुने आदि कारणले पनि बाँझोपन हुनसक्छ । पुरुषमा सहवासको समयमा लिङ्ग उत्तेजित नहुने, पर्याप्त मात्रामा वीर्य नहुने, मद्यपान आजको विविध केमिकल युक्त खाने कुरा प्रदुषण हावापानी तथा धूम्रपान आदिका कारण पनि बाँझोपन हुन्छ । विदेश -खाडी मुलुक) गएर आएका कतिपय पुरुषमा पनि बाँझोपनको समस्या देखिएको छ । त्यहाँ बढी गर्मी हुने हुँदा शरीरमा वीर्यको मात्रा कम हुने भएकाले बाँझोपन हुनसक्छ । कतिपय नवविवाहित दम्पतीले करियरका लागि विवाह गरेको धेरै समयपछि मात्र सन्तान जन्माउने सोच राखेका हुन्छ । यसले पनि शिशु नहुने सम्भावना वृद्धि हुन्छ । जंक फुड खाना तथा अस्वस्थकर जीवनशैलीका कारण पनि बाँझोपन बढ्नसक्छ ।
कुन उमेर शिशु जन्माउन उपयुक्त हुन्छ ?
ढिलो शिशु जन्माउने दम्पतीमा बाँझोपनको सम्भावना बढी हुन्छ । चिकित्सकको भनाई अनुसार २५ देखि ३५ वर्षको उमेर महिलाले शिशु जन्माउने उपयुक्त उमेर हो ।
बाँझोपनको रोकथामका लागि के गर्न सकिन्छ ?
विवाह गर्नासाथ करियरका साथै शिशुका बारेमा पनि निर्णय लिनुपर्छ । स्वस्थ जीवनशैलीको लागि स्वस्थ खाना हरियो सागसब्जी फूलफुल र जडिबुटीहरूको खानामा बढी मात्रमा ध्यान दिने।
के कारणले हुन्छ बाँझोपन ?
खासमा बाँझोपन तीन कारणले हुन्छ ।
पहिलो कारण, श्रीमानको शुक्रकिटमा खराबी भएर हुने बाँझोपन । यस्तो बाँझोपन अहिलेसम्म २५ देखि ३० प्रतिशतमा देखिएको छ ।दोस्रो, महिलामा डिम्ब नबन्ने समस्या भएर । त्यो पुरुषकै समस्याको हाराहारीमा देखिएको छ । तेस्रो, महिला–पुरुष दुवैमा देखिएको स्वास्थ्य समस्याले देखिने बाँझोपन । यो समस्या २० देखि ३० प्रतिशत दम्पतीमा देखिएको छ
महिलामा के कारणले हुन्छ यस्तो समस्या ?
महिलामा प्रमुख रूपमा डिम्ब उत्पादन नहुने समस्यासँगै अन्य समस्याहरू पनि देखिने गरेका छ गर्भ नबस्नुमा पाठेघरको नली बन्द भएर पनि हुनसक्छ । महिलाको फेलिपिन ट्युब बन्द हुँदा धेरैजसो विभिन्न किसिमका संक्रमण हुनसक्छ । त्यसका साथै ट्युबरक्लोसिस, पाठेघरको नलीको इन्फेक्सनले पनि गर्भ नबस्ने हुनसक्छ ।
पहिलो बच्चा बसेको छ भने त्यसलाई खेर नफाल्नु राम्रो हुन्छ । गर्भपतन गराइसकेपछि अर्को बच्चा बस्ने सम्भावना पहिलेको भन्दा अलिकति कम हुन्छ । किनकि, सुरक्षीत तरिकाले गर्भपतन गरिएन भने पछिल्लोपटक गर्भ बस्न समस्या हुन्छ ।
सुरक्षीत तरिकाले गरेकोमा पनि कहिलेकाहीँ इन्फेक्सन हुनसक्छ । इन्फेक्सनले नली बन्द पनि हुनसक्छ । असुरक्षित गर्भपतन भयो भने बच्चाको कुनै भाग रहन सक्छ र रगत बगिरहन्छ । त्यसमा संक्रमण हुन्छ । जसले पछि बच्चा नबस्ने हुन्छ । बच्चा पाउनु भनेको रहरले हो । रहर नलागुन्जेल अस्थायी साधन प्रयोग गर्नु राम्रो हुन्छ ।
गर्भपतनलाई परिवार नियोजनको साधनका रूपमा लिनु हुँदैन । धेरैपटक गर्भपतन गर्दा पाठेघर पातलिन्छ, पातलो भएमा बच्चा नबस्ने सम्भावना हुन्छ । बच्चा बसेमा पनि आफैँ खेर जाने सम्भावना बढी हुन्छ । पाठेघरभित्रको आकार–प्रकार बिग्रन्छ । पछि बच्चा बढ्दै गएर पाठेघर फुट्नेसम्मको खतरा हुन्छ ।
अस्थायी साधनले के गर्छ ?
परिवार नियोजनको अस्थायी साधन प्रयोगले नै लामो समयसम्म बच्चा नबस्ने भन्ने चाहिँ हुँदैन । तर, कुनै–कुनै साधनले महिनावारी गडबड गराउँछ । महिलाले लामो समयका लागि प्रयोग गर्ने कुनै–कुनै अस्थायी साधनले लामो समय (६ महिना–१ वर्ष)सम्म पनि गर्भ बस्ने समय धकेल्न सक्छ ।
कुन समयमा बच्चा पाउनु उचित ?
महिलाको उमेर २५ देखि ३० वर्षको उमेरमा बच्चा पाउनु राम्रो हुन्छ । ३५ वर्षपछिको उमेर बच्चा पाउन उचित समय होइन । यो समयमा बच्चा बस्ने सम्भावना पनि कम हुन्छ । सो समयपछि गर्भ रहेमा बच्चा अपांग हुने, डाउन्ड सिन्ड्रम हुने हुन्छ भने आमामा पनि उमेर बढ्दै जाँदा, डायबिटिज, हाइपरटेन्सन, ओभर वेटले गर्दा समस्या हुन्छ । पेट नै बोक्नुचाहिँ खराबी होइन, तर आमालाई अन्य रोग लाग्ने भएको हुँदा समस्या हुनसक्छ ।
थाहा नभएका कारणले हुने बाँझोपन
२० देखि ३० प्रतिशतमा थाहा नभएका कारणले बाँझोपन हुन्छ । यसमा अन्य थप जाँच गर्नुपर्ने हुन्छ । यसमा क्रोमोजोम हेर्नुपर्ने, अन्य हर्मोनहरूको पनि जाँच गर्नुपर्छ ।
यसले कतिपय कारण पत्ता लाग्छ, कतिपय पत्ता लाग्दैन । पत्ता नलाग्ने समस्या भनेको अलिकति श्रीमान्को समस्या, अलिकति श्रीमतीको समस्या जुधेर पनि भएको हुन्छ । यस्तो अवस्थामा आकस्मिक रूपमा पछि आफैँ बच्चा हुने पनि छन् तर, लामो समयसम्म पनि कारण थाहा छैन भने प्राकृतिक जडीबुटीबाट उपचार गर्भाधान गर्यो भने बच्चा हुने सम्भावना हुन्छ । त्यसमा पनि एकैपटकमा सफल नहुन सक्छ कोसिस गरिरहनुपर्छ ।
कहिलेकाहीँ नलीमा बच्चा बसेर नली काटेर फाल्नुपर्ने हुन्छ । अर्को ध्यान दिनुपर्ने कुरा के हो भने पेटभित्रको कुनै पनि अप्रेसनमा नलीहरू बिग्रने डर हुन्छ । अप्रेसन गरिसकेपछि मान्छे उभिन्छ, त्यहाँ भएको जति फोहोर विकारहरू पाठेघर र नलीको छेउछाउमा गएर बस्न सक्छ । १४ देखि १५ प्रतिशत बाँझोपनको समस्या यसले गर्दा पनि भएको देखिएको छ ।
त्यसैगरी, इन्डोमेट्रियोसिसी समस्याले पनि गर्भ रहँदैन यो समस्या भनेको महिनावारी हुँदा पाठेघर वा नलीको तह खुइलिन्छ । त्यो तह पाठेघरबाहिर पनि गएको हुन्छ
31/01/2021
Happy good morning dxn to all 🙏🌵🍄🇳🇵
15/01/2021
अरसा गुम्बा
24/11/2020
Happy good morning dxn life 🙏🙏🙏🙏🌵🌵🌵🌵🌵n
contact no 01127511080
24/11/2020
Dxn के हो
24/11/2020
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
Alerts
Be the first to know and let us send you an email when Dxn diwakar chauhan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.