Neutral Vision Nepal

Neutral Vision Nepal

Share

Analyzing Nepal's political landscape through an unbiased lens. No sides, just facts and deep insight

11/09/2026

CCTV फुटेजले खोल्यो रहस्य: पसलमा काम गर्दागर्दै युवामाथि लाग्यो झूटा मुद्दा!
काठमाडौँ । एउटा पसलभित्र सामान्य रूपमा काम गरिरहेका युवामाथि नियोजित रूपमा जबर्जस्तीको झूटा मुद्दा लगाएर फसाउन खोजिएको खुलासा भएको छ। सार्वजनिक भएको सीसीटीभी (CCTV) फुटेजले घटनाको सम्पूर्ण सत्यता बाहिर ल्याएको छ।
भिडियोमा प्रस्ट देखिन्छ कि युवा आफ्नै कम्प्युटरमा बसेर काम गरिरहेका छन्। केही समयपछि आएकी महिला आफैं मेसिन नजिक जान्छिन् र त्यहाँ राखिएको रोल निकाल्ने तथा मिलाउने काममा लाग्छिन्। भिडियोको सुरुदेखि अन्त्यसम्म दुवैजना आ-आफ्नो काममा व्यस्त देखिन्छन्। त्यहाँ कुनै पनि किसिमको तानातान, दुर्व्यवहार वा जबर्जस्ती भएको कुनै सङ्केतसम्म छैन।
सामान्य व्यावसायिक वातावरणमा भएको कामलाई बंग्याएर युवालाई फसाउने नियतले मात्रै यो आरोप लगाइएको सीसीटीभी दृश्यले स्पष्ट पारेको छ। सत्यलाई तोडमोड गरेर कसैको जीवन बर्बाद पार्न खोज्ने यस्ता हर्कतविरुद्ध प्रमाणसहित कानुनी प्रक्रियामा जानुपर्ने देखिन्छ।

10/09/2026

सप्तरीमा मानवता निसासिने घटना: अस्पतालले भर्ना नलिएपछि बाटोमै जन्मिइन् शिशु!
सप्तरीको राजविराजस्थित एक अस्पतालले प्रसव पीडाले छटपटाइरहेकी गर्भवती महिलालाई भर्ना लिन अस्वीकार गर्दा ढोकाबाहिर सडकमै बच्चाको जन्म भएको छ।
नेपालको संविधानले ग्यारेन्टी गरेको 'सुरक्षित मातृत्व र आधारभूत स्वास्थ्य सेवाको मौलिक हक'को यो ठाडो उल्लङ्घन हो। आपत्कालीन अवस्थामा नागरिकको ज्यानसँग खेलबाड गर्ने गैरजिम्मेवार अस्पताल प्रशासनमाथि तत्काल कडा कानुनी कारबाही हुनुपर्छ।
नेपाल सरकार तथा स्वास्थ्य एवं जनसङ्ख्या मन्त्रालयको गम्भीर ध्यानाकर्षण होस्!

08/09/2026

जेन्जि सहिद स्मृति दिवसमा गृहमन्त्री सुधन गुरुङ
News
Updates

30/08/2026

त्रिशूली ३ 'ए' मा म्यानहोल बनाएर नेपाली सेना भित्र छिर्ने तयारी गर्दै! भित्र खाली स्पेस देखिएकाले लेदो नपसेको हुन सक्ने र उद्धार सफल हुने ठूलो आशा छ। 🙏🇳🇵

27/08/2026

लास फुकाएर गहना खोज्नेहरूको भिड होइन, हिलोभित्र हात हालेर आफन्त खोतल्नेहरूको रोदन हेर! प्रकृति निष्ठुरी भयो, सरकार मौन छ, अनि मान्छे हिलोभित्र आफ्नो संसार खोज्न विवश छ। 🥺💔🌊

​

Photos from Neutral Vision Nepal 's post 27/08/2026

27/08/2026

मानव जातिले बिर्सदै गएको मानवता र सहयोगको भावना, आज यी अबोध पशुहरूमा देखियो। बाढीको विपत्तिमा पनि घोडाले गाईको बाछोलाई यसरी ज्यान जोखिममा राखेर बचायो। ❤️🥺

26/08/2026

डरलाग्दो ! सीसीटीभीमा देखिएको चीनतर्फको टिमुरेमा बाढी आउँदाको अवस्था

25/08/2026

सेवा नै धर्म हो।

#यकैपटक प्रयास गर्दैमा मिल्ने भये,
संघर्ष भन्ने शब्द किन सुन्न पर्थ्यो

24/08/2026

तुलसीपुरको गुम्राहचोकमा राखियो पिभीसी डिभाइडर
*******
पछिल्लो समय दाङको तुल्सीपुरस्थित गुम्राह चोक आसपासमा दुर्घटना बढ्दै गइरहेपछि तुलसीपुर उद्योग वाणिज्य सङ्घ र राप्ती क्याम्पस तुलसीपुरको आर्थिक सहयोगमा पिभीसी डिभाइडर राखिएको छ। डिभाइडर राखेपश्चात् दुर्घटना कम हुने अपेक्षा राखिएको छ भने इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुखले सबै नागरिकले लिन अनुशासन पालना गर्न आग्रह गरेका छन्।

Category

Website

Address

Salyan
22200