CalmConversation
Let’s discuss everything related to mental health. �
Need counseling? DM or WhatsApp at 9868639480.
31/08/2026
विपद्पछिको मानसिक स्वास्थ्य सहयोगका लागि एकताबद्ध होऔँ।
• अहिले रसुवालगायतका क्षेत्रमा आएको बाढीबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा प्रभावित धेरै मानिस केही समयपछि विभिन्न मानसिक अवस्थाबाट गुज्रिन सक्ने सम्भावना छ।
• अहिलेको प्राथमिकता उद्धार, राहत, खाना, पानी, बत्ती र सुरक्षित बसोबास भएकाले मानसिक स्वास्थ्यमा तत्काल ध्यान दिन कठिन हुन सक्छ।
• तर केही दिन, हप्ता वा महिनापछि प्रभावित व्यक्तिहरूलाई मानसिक रूपमा सम्हालिन र पुनः सामान्य जीवनतर्फ फर्किन सहयोग आवश्यक पर्नेछ।
• त्यसैले मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगका लागि हामीले अहिलेबाटै तयारी गर्न आवश्यक छ।
• हामीसँग जोडिन चाहनुहुने सबै प्रमाणित तथा इच्छुक काउन्सेलरहरूलाई एउटै नेटवर्कमा जोडिन आह्वान गर्दछौँ।
• आवश्यकता अनुसार कोही फिल्डमा प्रत्यक्ष रूपमा र कोही भर्चुअल माध्यमबाट सहयोग गर्न सक्ने गरी हामी तयार रहनुपर्नेछ।
• काउन्सेलिङका लागि प्रमाणित योग्यता भएका तथा यस अभियानमा स्वेच्छाले जोडिन चाहनुहुने साथीहरूले कृपया फारम भर्नुहोला।
• फारम प्राप्त भएपछि हामी छिट्टै तपाईंहरूसँग सम्पर्क गरी आगामी कार्ययोजना र आवश्यकताबारे जानकारी गराउनेछौँ।
https://docs.google.com/forms/d/e/1FAIpQLSfkNRSPu_llBK1EG0JC_klxdydGF_mq57sPd2lAH3YcJeWlxw/viewform
30/08/2026
रसुवा र यसको आसपासका क्षेत्रमा हालै गएको विनाशकारी बाढीपछि, आपतकालीन उद्दार ,भौतिक राहत जत्तिकै मानसिक स्वास्थ्य र मनोवैज्ञानिक आघातको सम्बोधन गर्नु अत्यन्त जरुरी छ। तत्काल उद्धार र शारीरिक उपचारपछि पनि, प्रभावितहरूले गहिरो डर, त्रास, चिन्ता, निद्रा नलाग्ने समस्या र भावनात्मक पीडाको सामना गरिरहेका छन्।
हामी प्रभावित व्यक्ति र परिवारहरूलाई निःशुल्क टेलि-काउन्सिलिङ (फोन मार्फत परामर्श) र भावनात्मक सहयोग प्रदान गर्न योग्य मानसिक स्वास्थ्य पेशेवरहरू र मनोसामाजिक परामर्शदाताहरूको एउटा टोली निर्माण गर्दैछौं।
यदि तपाईं तालिम प्राप्त मनोपरामर्शदाता, मनोवैज्ञानिक वा मानसिक स्वास्थ्यकर्मी हुनुहुन्छ र आफ्नो समय, सीप र साथ दिन इच्छुक हुनुहुन्छ भने, कृपया यो फारम भर्नुहोस्। सँगै मिलेर हामी प्रभावितहरूलाई उनीहरूको मनको घाउमा मलम लगाउन र जीवनलाई पुनः सम्हाल्न मद्दत गर्न सक्छौं। मनको कुरा सुन्न हामी छौँ।
https://forms.gle/MWVvbjwTQc9MgTED9
29/08/2026
रसुवा हुँदै आएको बाढीले अकल्पनीय जनधनको क्षति पुर्याएको छ। यस्तो विपद्को घडीमा घाइतेहरूको उद्धार, उपचार र उनीहरूको जीवन जोगाउनु नै सबैभन्दा महत्वपूर्ण कुरा हो।
तर विपद् टरेपछि पनि अर्को चुनौती बाँकी रहन्छ ,मानसिक स्वास्थ्य।
शारीरिक चोटपटकको उपचारपछि मात्रै मानसिक पीडा देखिन सक्छ। डर, त्रास, बेचैनी, निद्रा नलाग्ने, घटना बारम्बार सम्झिरहने वा आफूलाई असहाय महसुस हुने जस्ता समस्या तत्काल नदेखिए पनि समयसँगै जटिल बन्दै जान सक्छन्। त्यसैले सुरुदेखि नै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकतामा राख्नु आवश्यक छ।
यही सोचका साथ विपद्बाट प्रभावित सबैका लागि हामी निःशुल्क मनोसामाजिक परामर्श सेवा प्रदान गरिरहेका छौँ।
आफूले सकेको केही गरौँ भन्ने लाग्दो रहेछ। अहिले बाढी प्रभावित क्षेत्रमा आफैँ पुगेर सहयोग गर्न सक्ने अवस्था छैन। तर मनको घाउमा मलम लगाउन हामी जहाँबाट भए पनि साथ दिन सक्छौँ।
मनको कुरा मनमै नराखौँ, तपाईंको कुरा सुन्न हामी छौँ।
Category
Website
Address
Kathmandu
Alerts
Be the first to know and let us send you an email when CalmConversation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.