LOYAL KETA
येशूले तिनलाई भन्नुभयो, “बाटो, सत्य र जीवन म नै हुँ। मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन।'✝️🛐 'यूहन्ना १४:६
'यूहन्ना १:५ - त्यो ज्योति अन्धकारमा चम्कन्छ, र अन्धकार त्यसमाथि विजयी भएको छैन।'
Jesus Christ my father 🙏✝️🛐
यूहन्ना ८
१. तर येशू जैतून डाँड़ामा जानुभयो।
२. उहाँ एकाबिहानै फेरि मन्दिरमा जानुभयो, र सबै मानिसहरू उहाँकहाँ आए, र उहाँ बस्नुभयो, र तिनीहरूलाई शिक्षा दिनुभयो।
३. शास्त्री र फरिसीहरूले व्यभिचारमा पक्राउ परेकी एउटी स्त्रीलाई ल्याए, र त्यसलाई माझमा उभ्याए।
४. तिनीहरूले उहाँलाई भने, "गुरुज्यू, यो स्त्री व्यभिचारको कर्ममा पक्राउ परी।
५. व्यवस्थामा मोशाले यस्ताहरूलाई ढुङ्गाले हान्ने हामीलाई आज्ञा दिएका छन्। तपाईं यसको बारेमा के भन्नुहुन्छ?"
६. तर तिनीहरूले उहाँको जाँच गर्नलाई, र उहाँमाथि अभियोग लाउन सकिन्छ कि भनी यसो भनेका थिए। येशूले निहुरेर भूइँमा औँलाले लेख्नुभयो।
७. तर जब तिनीहरूले उहाँलाई सोधी नै रहे, तब उहाँले खड़ा भएर तिनीहरूलाई भन्नुभयो, "तिमीहरूमा जो पापरहित छ, त्यसैले यस स्त्रीलाई पहिले ढुङ्गा हानोस्।"
८. अनि फेरि निहुरेर उहाँले भूइँमा औँलाले लेख्नुभयो।
९. तर जब तिनीहरूले यो सुने, तब ठूलादेखि सुरु गरी सानासम्म एक-एक गरेर गए, र येशू त्यस स्त्रीसँग एकलै छोडिनुभयो, अनि त्यो स्त्रीचाहिँ उहाँको अगि उभिरही।
१०. येशूले त्यस स्त्रीलाई हेरेर भन्नुभयो, "ए नारी, तिनीहरू कहाँ गए? के कसैले तिमीलाई दण्ड दिएन?"
११. त्यसले भनी, "प्रभु, कसैले दिएन।" येशूले भन्नुभयो, "म पनि तिमीलाई दण्ड दिन्नँ। जाऊ, अनि फेरि पाप नगर।" ]
यसैले नडरा, किनकि म तँसित छु। निरुत्साहित नहो, किनकि म तेरा परमेश्वर हुँ। म तँलाई बलियो पार्नेछु। म तँलाई सहायता गर्नेछु। मेरो धार्मिकताको दाहिने हातले म तँलाई सम्हाल्नेछु।' 'यशैया ४१:१०
'यर्मिया ३३:३ - ‘मलाई पुकार्, र म तँलाई जवाफ दिनेछु र तैंले नजानेका गहिरा र गुप्त कुराहरू म तँलाई बताउनेछु’।'
म हारेको बेला साहारा खोज्दै हिडेको बेला
येशू ख्रीष्टको जीवन अँगाली शान्ति सुरक्षा प्रेमको कहानी अब जाऊ सुनाउँदै गाउँसहर वरिपरि हो हो गाउँ सहरवरिपरि 🙌✝️🛐
'रोमी १२:१२ - आफ्नो आशामा आनन्द गर, सङ्कष्टमा धैर्य धारण गर, प्रार्थनामा निरन्तर लागिरहो।'
04/07/2026
With Nepali Christian Bachan – I just got recognized as one of their top fans! 🎉
'लूका १६:१० - “जो थोरै कुरामा ईमानदार हुन्छ, त्यो धेरैमा पनि ईमानदार हुन्छ, र जो अति सानो कुरामा बेईमान हुन्छ, त्यो धेरैमा पनि बेईमान हुन्छ।'
Category
Website
Address
Alerts
Be the first to know and let us send you an email when LOYAL KETA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.