DN BHATT
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from DN BHATT, Health/Beauty, Kathmandu.
प्रथम महिला प्रहरी
07/07/2022
सावधान !!!
हालसालै नेपालका तराई जिल्ला अर्थात् भारतसित सीमा जोडिएका जिल्लाहरूमा भारत देखि नाइरोबि (nairobi fly ) नामक कीरा आएको छ र धेरै मानिसहरू अहिले यसको एसिडका कारण बिमारी परेका छन् । यो कीरा अफ्रिकी मुलुकबाट भारत हुँदै नेपाल प्रवेश गरेको हो। र अहिले धेरैलाई असर गरिरहेको छ। भारी वर्षा भए पछि पुनः घाम लाग्दा बेलुका घरभित्र बत्ती बलेको अवस्थामा झ्याल ढोकाबाट प्रवेश गर्ने र यसले छुँदा मात्रै पनि एसिडले छालामा डडुवा घाउ जस्तो वा जनै खटिरा जस्तो घाउ बनिने हुनाले सतर्क रहन सबैमा जानकारी गराउँदछु ।यस्तो भएमा तुरुन्तै नजिकैको अस्पताल जानु होला । धेरै फैलिन सक्छ ।
नैरोबी फ्लाईको किरा र लक्षण (तल तस्बीरमा देखाईएको किरा) कैलालीको विभिन्न ठाउँमा पनि देखिन थालेको छ !
नैरोबी फ्लाई पूर्वी अफ्रिकाको मूल निवासी पेडेरस जीनसमा रोभ बीटलका दुई प्रजातिहरूको साझा नाम हो। बीटलहरूमा पेडेरिन भनिने एक संक्षारक पदार्थ हुन्छ, जसले छालाको सम्पर्कमा आएमा रासायनिक जलाउन सक्छ। यी जलेको कारण, नैरोबी फ्लाईलाई कहिलेकाहीँ "ड्रागन बग" भनिन्छ।
यो किराको सम्पर्कमा आएमा के गर्ने त?
नडराउनुहोस यसको उपचार गर्न सकिन्छ, यदि तपाईले किराको सम्पर्कमा आएको लक्षण महसुस गर्नु भएमा नजिकै को स्वस्थ केन्द्रमा गई उपचार गराउन सक्नु हुने छ।
Nairoby फ्लाई बाट बाच्ने केहि सुझावहरू:
- सके झुल भित्र मात्र सुत्नुहोस्।
- यदि तपाईंले आफ्नो छालामा किरा घस्रिरहेको देख्नुभयो भने, यसलाई हातले नछुनुहोला ।तपाइ यसलाई तपाइको छालाबाट हटाउनको लागि कागजको टुक्रा पनि प्रयोग गर्न सक्नुहुन्छ।
- यदि तपाइले सो किरालाई छुई पठाउनु भए त्यस पछि तपाईको हातले आँखामा नछुनु होला। आफ्नो हात र प्रभावित क्षेत्र तुरुन्तै पानी र साबुन ले धुनुहोस्।
- सुत्नु अघि ओछ्यान वरपर सफा गर्नु होस।
- घर र वरपर अतिरिक्त झार जंगल नराख्नु होस ।
Category
Culinary Team
Attire
Contact the business
Website
Address
Alerts
Be the first to know and let us send you an email when DN BHATT posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.