Kiran xettri

Kiran xettri

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kiran xettri, Health/Beauty, Karnatak banglore, Bangalore.

23/02/2026

♥️♥️♥️❤️♥️

07/01/2026

गाउँमा दुःख गरिरहनु भएका आमाबुवाको थाकेको अनुहार सम्झँदा
हार मान्ने आँट नै आउँदैन।
उही संघर्षले हिम्मत दिन्छ, उही मायाले अघि बढ्न सिकाउँछ।
सपना पूरा गर्ने यात्रामा आजको थकान पनि भोलिको शक्ति बनोस ।
शुभरात्री

Photos from Kiran xettri's post 02/01/2026

सहयोग अभियान
नरहरिनाथ गाउँपालिका वडा नं. ८
नरहरिनाथ गाउँपालिका वडा नं. ८ निवासी जोराशिङ्ग बिष्ट विगत एक–दुई हप्तादेखि गम्भीर बिरामी भई उपचाररत हुनुहुन्थ्यो। उपचारका क्रममा धेरै प्रयास गरिए पनि दुःखद रूपमा उहाँको निधन भएको छ।
छोटो समयमा उपचारमा ठूलो रकम खर्च भइसकेको हुँदा परिवारको सबै आर्थिक स्रोत सकिएको छ। घरको मुख्य सहारा गुमाउँदा अहिले उहाँका ८/९ वर्षका छोरा र ५ वर्षकी छोरी तथा परिवार अत्यन्तै कठिन अवस्थामा परेका छन्। दैनिक जीवन चलाउनसमेत समस्या परेको छ।
यस दुःखद घडीमा मानवताको नाताले शोकसन्तप्त परिवारलाई केही आर्थिक सहयोग गरिदिनुहुन सबै दयालु मनहरूमा हार्दिक अनुरोध गर्दछौं। तपाईंको सानो सहयोगले पनि यस परिवारलाई ठूलो राहत मिल्नेछ।
दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै सहयोगी सबैप्रति धन्यवाद व्यक्त गर्दछौं।

Photos from Kiran xettri's post 02/01/2026

जन्मदिनको हार्दिक र धेरै धेरै शुभकामना भाइ 🎉🎂
आजको यो विशेष दिन तिम्रो जीवनको नयाँ अध्यायको सुरुवात होस्।
तिम्रो जीवन सधैं राम्रो स्वास्थ्य, मनको शान्ति, खुशी र सफलताले भरिएको रहोस्।
तिमीले देखेका सपना पूरा हुँदै जाऊन्, मेहनतको फल सधैं मीठो बनोस्।
जीवनको यात्रामा आइपर्ने हरेक चुनौतीलाई आत्मविश्वास र धैर्यताका साथ पार गर्न सक्ने शक्ति मिलोस्।
परिवारको माया, दाजुभाइ–दिदीबहिनीको साथ र साथीहरूको साँचो साथ सधैं तिम्रो वरिपरि रहोस्।
तिमी जहाँ जाऊ, जे गर, सफलताले तिम्रो हात समाओस्।
तिम्रो सोच सधैं सकारात्मक रहोस्, मन सधैं खुसी रहोस् र मुहारमा मुस्कान कहिल्यै नहराओस्।
भगवानको कृपा र सबैको आशीर्वादले तिम्रो हरेक दिन उज्यालो बनाओस्।
आगामी वर्षहरू अझै राम्रो, अझै सफल र अझै यादगार बनून्।
उज्ज्वल भविष्यको कामनासहित, फेरि एकपटक जन्मदिनको धेरै धेरै शुभकामना भाइ 🙏🎊

01/01/2026

कम्युनिस्ट पार्टीको प्रत्यक्षतर्फबाट कालिकोट जिल्लामा उम्मेदवारीको टिकट प्राप्त गर्नुभएकोमा पार्टीका संयोजक प्रचण्डज्यूलाई हार्दिक बधाइ। यो निर्णय केवल राजनीतिक प्रक्रियाको हिस्सा मात्र नभई कालिकोटका जनताको भरोसा, आशा, संघर्ष र अपेक्षाको प्रतिविम्ब पनि हो। जनताको आवाजलाई सर्वोपरि राख्दै शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार विकास, सुशासन, सामाजिक न्याय र समानताको पक्षमा दृढताका साथ अगाडि बढ्नुहोस्। सधैं जनताको सुख–दुःखमा साथ दिने, हक–अधिकारका लागि अडिग रहने र परिवर्तनको नेतृत्व गर्ने जननेताका रूपमा कालिकोटबाट ऐतिहासिक जित हासिल गर्न सक्नुहोस् भन्ने कामना सहित सफल, सम्मानजनक र जनमुखी राजनीतिक यात्राको हार्दिक शुभकामना। 🙏🌟🌟🌟

31/12/2025

“समय फेरियोस्, सोच फेरियोस्,
पुराना घाउहरू सम्झना मात्र बनून्।
नयाँ वर्ष 2026 ले जीवनमा
शान्ति, विश्वास र नयाँ सम्भावनाको उज्यालो ल्याओस्।
हिजोका असफलताबाट पाठ सिकेर,
आजलाई कदर गर्दै भोलिलाई आशासहित अँगाल्ने हिम्मत मिलोस्।
नयाँ वर्ष 2026 को हार्दिक शुभकामना।” 🎉

27/12/2025

27/12/2025

बाउछोरा नै फरकफरक पार्टीबाट चुनाव लड्ने :
कर्णालीमा रोचक राजनीतिक संयोग :बुबा कांग्रेसबाट सिफारिस, छोरा रास्वपाको सूचीमा
नेपाली कांग्रेस कर्णाली प्रदेशका उपसभापति कालीबहादुर सहकारीका छोरा दिनेश बोगटी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिकतर्फको प्रारम्भिक सूचीमा समावेश भएका छन्। उनी खस–आर्य कोटाबाट प्रारम्भिक सूचीमा परेका हुन्। यसैबीच, उनका बुबा कालीबहादुर सहकारी स्वयं पनि नेपाली कांग्रेसबाट प्रतिनिधिसभाको समानुपातिकतर्फ सिफारिस भएका छन्।

Category

Website

Address

Karnatak Banglore
Bangalore

Alerts

Be the first to know and let us send you an email when Kiran xettri posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Bangalore.